माओवादीबाट अर्थमा वर्षमान, परराष्ट्रमा नारायणकाजी

काठमाडौँ- भागबण्डामा ५ मन्त्रालय पाएको नेकपा माओवादी केन्द्रले केहि मन्त्रीको नाम टुंगो लगाएको छ । बुधबार माओवादीले केही मन्त्रीको नाम टुंगो लगाएको हो ।
माओवादीले हालसम्म अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालय पाउने टुंगो लागेको छ । अरू मन्त्रालयमा छलफल जारी छ । अर्थमा माओवादीले वर्षमान पुनलाई पठाउने भएको छ । एमालेसँग मिलेर सरकार गठन गर्नुमा वर्षमान सक्रिय रूपमा लागेका थिए ।
त्यस्तै परराष्ट्रमा माओवादीले नारायणकाजी श्रेष्ठलाई पठाउने भएको छ । श्रेष्ठ यसअघि पनि गृहमन्त्री थिए ।
माओवादीले मंगलबार साँझ मात्रै अघिल्लो पटक मन्त्री भएकाहरूलाई फेरि नदोहोर्याउने भएको निर्णय गरेको थियो । माओवादीको उक्त निर्णय २४ घण्टा टिक्न सकेन ।
यसअघि माओवादीबाट हितबहादुर तामाङ बिना विभागी मन्त्री बनिसकेका छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया