राप्रपाले भन्यो - सत्ताकेन्द्रित चलखेलमा सहभागी हुदैनौं, एकमात्र अर्जुनदृष्टि आन्दोलन

काठमाडौँ - राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ता केन्द्रित चलखेलमा पार्टी सहभागी नहुने स्पष्ट पारेका छन् ।
बुधबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित बृहत जन प्रदर्शनको तयारी सम्बन्धी कार्यक्रममा उनले राप्रपाको एकमात्र अर्जुनदृष्टि आन्दोलन भएको भन्दै सत्ता केन्द्रित चलखेलमा पार्टी सहभागी नहुने स्पष्ट पारेका हुन् ।
उनले पछिल्लो राजनीतिक घटनाक्रमले आफूहरूको आन्दोलनको अनुकूल वातावरण बनेको जिकिर गरे । अहिलेको व्यवस्था रहेसम्म सुशासनका साथै विकास र समृद्धिको कल्पना पनि गर्न नसकिने उनले बताए ।
उनले अहिलेको समस्या व्यक्ति र नेतृत्वमा नभइ व्यवस्थामा नै भएकाले व्यक्ति परिवर्तन गौण भएको पुष्टि भएको धारणा राखे ।
अहिले जनतालाई राप्रपाले उठाएको मुद्दा सही रहेछ भन्ने कुरा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता पक्षधरले नै प्रमाणीत गरिदिएको उनले बताए ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया