नेकपा एस सर्तसहित प्रचण्ड सरकारमा सहभागी हुने

काठमाडौं - नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
भर्खरै सम्पन्न माधवकुमार नेपाल नेतृत्वको नेकपा एसको सचिवालय बैठकले प्रचण्ड सरकारमा सहभागी हुने निर्णय लिएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
हिजो मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लिएर नेपाल निवास पुगेका थिए । एमाले र माओवादीका शीर्ष नेताले नयाँ गठबन्धनमा सहभागी हुनका लागि अध्यक्ष नेपाललाई आग्रह गरेका थिए तर अध्यक्ष नेपालले पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने भन्दै कुनै निर्णय दिएका थिएनन् ।
तर, आज प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका सम्मानित नेता झलनाथ खनालले प्रचण्ड सरकारमा जान पार्टी सकारात्मक रहेको जनाउँदै पार्टीमा निर्णय गराउने वचन दिएका थिए ।
सोही कारण पनि नेकपा एसले प्रचण्ड सरकारमा जाने निर्णय लिएको हो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया