कीर्तिपुर नगरपालिका-१ का वडाध्यक्ष महर्जनको निधन

काठमाडौँ- कीर्तिपुर नगरपालिका- १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ ।
क्यान्सरबाट पीडित महर्जनको बुधबार कीर्तिपुर-१ बाघभैरवस्थित आफ्नै निवासमा निधन भएको हो । महर्जनलाई अस्पतालबाट बुधबार घर ल्याइएको बताइएको छ ।
कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले वडाध्यक्ष महर्जनको निधन भएको पुष्टि गरे ।
उपप्रमुख शुभलक्ष्मी शाक्यका अनुसार दिवंगत वडाध्यक्ष महर्जनको पार्थिव शरिर अहिले बिहान ९ बजे कीर्तिपुर नगरपालिकाको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ ।
६० वर्षीय महर्जन २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट कीर्तिपुर नगरपालिका- १ को अध्यक्षमा निर्वाचित भएका थिए ।
वडाध्यक्ष महर्जनको निधनपछि कीर्तिपुरका दुई वटा वडाध्यक्ष विहीन भएका छन् ।
गत बैशाख १ गते मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भइ उपचाररत कीर्तिपुर नगरपालिका-४ का वडाध्यक्ष श्यामराजा अधिकारीको बैशाख १० गते निधन भएको भएको थियो ।

सजिवनको सुपले हड्डीलाई बलियो बनाउँछ ?

कर्कटलाई सहयोगीहरूले साथ दिने, धनुको रोकिएका कामहरु सुचारु हुने

सवारी ज्यान मुद्दाका फरार पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

प्रतिक्रिया