जसपाले मन्त्री चयन गर्ने अधिकार उपेन्द्र यादवलाई दियो

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी हुने मन्त्रीको चयन गर्ने अधिकार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ ।
बिहीबार पार्टी कार्यालय बालकुमारीमा बसेको जसपा कार्यकारिणी बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्रीको चयन गर्ने अधिकार पार्टी अध्यक्ष दिएको प्रवक्ता मनिष सुमनले बताए । उनले नयाँ गठबन्धनको हस्ताक्षरकर्ता जसपा भएकाले गठबन्धनलाई पूर्ण रूपमा सहयोग र समर्थन रहने धारणा राखे ।
मधेश प्रदेश सरकारको सुरक्षणको ग्यारेन्टी भएकाले सरकारमा मन्त्रीहरूको नाम पठाउने निर्णय भएको उनको भनाइ छ ।
प्रधानमन्त्रीसँग सल्लाह गरेर अध्यक्षले मन्त्रीको नाम पठाउने प्रवक्ता सुमनले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया