संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा कांग्रेसलाई समेत विश्वासमा लिएर अघि बढ्छौं : अर्थमन्त्री पुन

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा कांग्रेसलाई समेत विश्वासमा लिएर अघि बढ्ने बताएका छन् ।
बिहीबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गदै मन्त्री पुनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय समग्र मुलुकको विषय भएको भन्दै यसमा कांग्रेसलाई समेत विश्वासमा लिएर अघि बढ्ने बताएका हुन् । अरू राजनीतिक विषयमा दलहरूबीच मतभेद हुन सक्ने भएपनि शान्ति प्रक्रियाका विषयमा सबै दलहरूबीच मतभेद नरहेको उनले बताए ।
यस्तै मन्त्री पुनले परिवर्तन चाहने शक्तिहरू अहिले एक ठाउँमा आएकाले अब काम गरेर जनतामा परिवर्तनको महसुस गराउनुपर्ने धारणा राखे । उनले अहिले वाम एकताको कुनै सन्दर्भ नरहेको र सहकार्यको सन्दर्भ रहेको बताए । मन्त्री पुनले मुलुकको अर्थतन्त्र सुधारका लागि धेरै काम गर्नुपर्ने भन्दै सरकार गम्भीर भएर लाग्ने पनि बताए ।
त्यस्तै उनले बजेटमार्फत सरकारले खर्च गर्ने सामर्थ्य बढाउनुपर्ने र राजस्व संकलनलाई प्रभावकारी बनाउनुपर्ने र त्यसको योजना बनाइसकेको बताए ।

देशमा आशा सञ्चार नहुँदा प्रतिभावान पलानय हुने खतरा बढ्योः पर्यटनमन्त्री पाण्डे

साउन १६ लाई ‘राष्ट्रिय कोदो दिवस’ का रूपमा मनाउने सरकारको निर्णय

‘बालश्रम निवारणका लागि अभिमुखीकरण आवश्यक’

१० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का

पूर्वाञ्चल विश्वविद्यालयको सभा, एक अर्ब ७० करोड बजेट स्वीकृत

मध्यपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ३६ करोड बजेट स्वीकृत

मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछः प्रधानमन्त्री ओली

प्रतिक्रिया