मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

परराष्ट्रमन्त्री श्रेष्ठसँग चिनियाँ राजदूतको भेटवार्ता

काठमाडौँ- नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ राजदूत छन् सोङ​ले शिष्टाचार भेटवार्ता गरेका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले जिम्मेवारी सम्हालेको दोस्रो दिन राजदूत सोङले बिहीबार परराष्ट्र मन्त्रालयमा भेट गरेका हुन् ।

परराष्ट्र मन्त्रालयले भेटमा दुई मुलुकबीचको सम्बन्धका विविध आयाम बारेमा छलफल भएको जनाएको छ ।

चिनियाँ राजदूत सोङले मन्त्री श्रेष्ठसँग भेट गर्न पाएकोमा खुसी व्यक्त गर्दै द्विपक्षीय सम्बन्ध र सहयोगका विषयमा गहिरो र मैत्रीपूर्ण कुराकानी भएको जनाएका छन् ।

यसअघि आजै भारतीय राजदूत नविन श्रीवास्तवले पनि उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग मन्त्रालय पुगेर भेट गरेका थिए ।