अनियन्त्रित चुरे वन क्षेत्र उत्खननले स्थानीय आजित

सिरहा- सिरहामा चुरे वन क्षेत्रबाट अनियन्त्रित ग्राभेल उत्खननले गर्दा स्थानीयवासी आजित भएका छन् । चुरे वन क्षेत्रमा उत्खनन भइरहेको स्थानीय प्रहरी प्रशासनलाई खबर गरे पनि सरोकारवाला निकाय मौन बस्दा स्थानीयवासी आजित भएका हुन् ।
यो क्षेत्रमा विगत तीन वर्षदेखि नियमित रूपमा प्रहरी प्रशासन कै आडमा अनियन्त्रित उत्खनन भइरहेको स्थानीयहरूको आरोप छ । आज मात्र वन कार्यालय सिरहाको गस्ती टोलीले चुरे वन क्षेत्रबाट अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरिरहेको अवस्थामा एक-एक जेसिबी र टिपर नियन्त्रणमा लिएको छ ।
सबडिभिजन वन कार्यालय, चोहर्वाको गस्ती टोलीले नरहा गाउँपालिका ३ जचौहर्वा आर्मी क्याम्प पछाडिको चुरे वन क्षेत्रबाट बा. ५ प १८६७ नम्बरको टिपर र नम्बर नभएको जेसिबी बुधबार बिहान नियन्त्रणमा लिएको सबडिभिजन वन कार्यालय चोहर्वाले जनाएको छ ।
विशेष सूचनाका आधारमा सबडिभिजन वन कार्यालय, चोहर्वाका वन अधिकृत मनोजकुमार कर्ण नेतृत्वको टोलीले प्रहरीको सहयोगमा दुवै सवारी साधन नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय लहानका प्रमुख सुजितकुमार झाले जनाएका छन् ।
वन कर्मचारीलाई देखेपछि फरार चालकको खोजी भइरहेको वन कर्मचारीले बताए । चालक फरार भए पनि यस क्षेत्रमा ग्राभेल व्यवसायीका नामले परिचित रामबाबु यादवको टिपर र जेसिबी भएको बुझिएको छ ।
नियन्त्रणमा लिएको दुवै सवारी साधन सबडिभिजन वन कार्यालय चोहर्वामा राखिएको छ । यसबारे थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ । एक वन कर्मचारीले अहिले गाडी बेवारिसे अवस्थामा रहे पनि यो रामबाबुकै हो भन्ने जानकारी दिए । तर, अहिलेसम्म कोही जेसिबी र टिपर मेरो हो भनेर दाबी गर्न आई सकेका छैनन् ।
यस क्षेत्रबाट वर्षौंदेखि बिनादर्ता निर्वाध रूपमा प्रहरी प्रशासनकै मिलेमतोमा अवैध उत्खनन हुँदै आएको छ । स्थानीयको दबाबपछि केही टिपर र जेसिबी नियन्त्रणमा लिए पनि सामान्य राजस्व बुझाएर छुट्ने गरेको स्थानीयहरूको भनाइ छ ।
विद्यालयकै वरपर गैरकानुनी रूपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन र बिक्रीवितरण हुँदै आए पनि प्रहरीको मौनता उदेकलाग्दो रहेको स्थानीय बासिन्दा बताउँछन् ।
विद्यालयको क्षेत्रमा अवैध उत्खनन रोक्न जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी गर्दा पनि नरोकिएको उनीहरूको गुनासो छ । दिनरात प्रहरीको ड्युटी रहने चोहर्वा चोककै बाटोबाट दर्जनौं स्थानमा खाल्डो खनेर वर्षौंदेखि ढुङ्गा, गिट्टी, बालुवा उत्खनन भइरहेको छ । तर, सरोकारवाला निकायको मौनताले स्थानीय आजित भइसकेको स्थानीय बताउँछन् ।

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया