बुढासुब्बा गोल्डकपको तयारी पूरा, खेल तालिका सार्वजनिक

धरान- बुढासुब्बा गोल्डकपको २४ औँ संस्करणको तयारी पूरा भएको छ । यही फागुन २६ देखि चैत ३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेल तालिका पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै आयोजक धरान फुटबल क्लबले तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा आठ समूहले प्रतिस्पर्धा गर्ने छन् ।
फागुन २६ गतेको उद्घाटन खेल आयोजक धरान फुटबल क्लब र भारतको युकेएफसीबीच हुने छ भने फागुन २७ मा एनआरटी र त्रिभुवन आर्मी क्लब भिड्ने छन् । फागुन २८ गते नेपाल पुलिस क्लब र मोरङ फुटबल क्लब र फागुन २९ गते काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र चर्चब्वाईज युनियनबीच स्पर्धा हुनेछ ।
धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार विजेता टिमले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखसहित पदक तथा पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट खेलाडीले नगद रु एक लाख, प्रत्येक खेलको म्यान अफ द म्याचले रु १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकरका साथै उत्कृष्ट प्रशिक्षकलाई जनही नगद रु २५ हजार र प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीलाई नगद रु ३५ हजार प्रदान गरिनेछ ।
प्रतियोगिता सञ्चालनका लागि रु ७७ लाख ६० हजार आम्दानी र रु ६६ लाख ५५ हजार खर्च लाग्ने आयोजकको अनुमान छ ।
लुम्बिनी कप महिला फुटबल प्रतियोगिता सुरु

कार्लोस ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

डर्टमन्डको पोस्टमा बार्सिलोनाको चार गोल

मोहम्मद सलाहको लिभरपुलका लागि २३४ गोल, क्लबमा रहन सम्झौता नविकरण गर्दै

आफ्नै भाइकी श्रीमतीसँग इंग्ल्यान्डका खेलाडीको ८ वर्षे गोप्य सम्बन्ध खुलासा भएपछि.…

हालान्ड घाइते भएपछि म्यानचेस्टर सिटी तनावमा

इटाली क्वार्टरफाइनलबाटै बाहिरियो

प्रतिक्रिया