अमेरिकी हाउस प्यानेलले अनुमोदन गर्यो टिकटकलाई प्रतिबन्ध लगाउने विधेयक

काठमाडौँ- अमेरिकी कंग्रेसनल प्यानेलले चिनियाँ कम्पनीअन्तर्गतको टिकटकमाथि प्रतिबन्ध लगाउन सक्ने अथवा उक्त एपलाई जबरजस्ती बिक्री गर्न लगाउने विधेयक अनुमोदन गरेको छ ।
बीबीसीले जनाएअनुसार प्यानलले टिकटकको माउ कम्पनीलाई ६ महिनाभित्र एप बेच्न वा प्रतिबन्धको सामना गर्न बाध्य पार्ने विधेयकलाई अनुमोदन गरेको हो ।
ह्वाइट हाउस र हाउस अफ रेपरेजेन्टेटिभ्स कमिटीको साथ पाएको प्यानलले राष्ट्रिय सुरक्षालाई लिएर उक्त कदम अघि बढाइएको जनाएको छ ।
तर टिकटले उक्त विधेयकका कारण वाक स्वतन्त्रता तथा टिकटकमा आधारित साना व्यवसायलाई हानी पुर्याउने चेतावनी दिएको छ ।
उक्त विधेयक आगामी हप्ता संसदमा पेश हुने अपेक्षा गरिएको छ ।

एउटा यस्तो परिवार, जुन परिवारका १७ वर्षभित्र १० जनाले गरे आत्महत्या

युद्ध बंकरबाट पहिलो पटक निस्के इरानी सर्वोच्च नेता खामोनी

तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने 'ओपेक प्लस'को रणनीति

भन्सार शुल्कमा ट्रम्पसँग ‘सजिलै सम्झौता’ नगर्ने जापानी प्रधानमन्त्रीको भनाइ

टेक्सास बाढी : मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
इयू–चीन व्यापार द्वन्द्व : चीनद्वारा प्रतिशोधात्मक प्रतिबन्धको घोषणा

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनलाई पुनः पक्राउ गर्न खोजिँदै

प्रतिक्रिया