प्रहरीले छापा मार्दा बर-पिपल रिसोर्टमा भेटिए मन्त्री मनाङे
पोखरा : कास्की प्रहरीले छापा मारेपछि आज बिहानदेखि सम्पर्कविहिन गण्डकीका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे बर-पिपल रिसोर्टमा भेटिएका छन् । कास्की प्रहरीले बुधबार रातिदेखि सम्पर्कबिहिन भएका मनाङेलाई खोज्न छापा मारेको थियो ।
गुण्डागर्दी पृष्ठभूमिका 'दीपक मनाङे' भनेर चिनिने मन्त्री राजीव गुरुङ बेपत्ता हुनु र अर्का गुण्डागर्दी पृष्ठभूमिकै गणेश लामा पोखरामा रहस्यम अवस्थामा भेटिनुले प्रहरी सशंकित भएको थियो । गणेश लामा फेला परेपछि उनी बसेका स्थानमा प्रहरीले छापा मारेको थियो । यद्यपि मनाङे फेला परेका थिएनन् ।
लामालाई लेकसाइडको क्याटवाक होटलबाट पक्राउ गरिएको थियो । पछि लेकसाइडकै रिसोर्टहरुमा छापा मार्दा मनाङेलाई बर-पिपल रिसोर्टमा भेटिएको प्रहरी स्रोतले जनाएको छ । लामालाई भने पक्राउ गरेर बैदाम प्रहरीले चौकीमा राखिएको छ । सोधपुछका लागि उनलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।

‘कमला नदीमा पुल निर्माण चाँडै’

प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै, सहमतिपत्रमा हस्ताक्षर हुने

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

अध्यक्ष ओलीले तिरे एमालेको लेबी

एकीकृत समाजवादीको सचिवालय बैठक १३ गते

विशेष अदालतमा माधव नेपाल

प्रतिक्रिया