कालिकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु

मान्म (कालिकोट)- कालिकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । नरहरीनाथ गाउँपालिका–८ मा करेन्ट लागेर आज बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गङ्गा थापाको मृत्यु भएको हो ।
विद्युत्को सवस्टेशनबाट चाखा काल्ढुङ्गा भन्ने स्थानमा सबलाइन विस्तार गर्ने क्रममा करेन्ट लागेको नरहरीनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिए ।
'गाडेको विद्युत्को पोल अन्यत्र सार्न खोज्दा पोलको टुप्पोले विद्युत् प्रवाह भइरहेको तारलाई छुँदा करेन्ट लागको हो', उनले भने, 'दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।' मृतक केशवराज थापा स्थानीय मङ्गलासैनी माध्यमिक विद्यालयको शिक्षक थिए ।

अभावभित्र सुन्दर भविष्य खोज्दै सुष्मा

अनलाइनबाट नागरिकताको सिफारिस दिँदै सिमकोट

कर्णाली राजमार्ग चार दिन बन्द हुने
१० महिनामा १३ हजार पर्यटक रारा पुगे

जुम्लामा मार्सीधान रोपाइँ सुरु

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रतिक्रिया