मनाङे बर्खास्त कि राजीनामा ?

पोखरा : गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे पदबाट बर्खास्त भएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनाङेलाई बर्खास्त गरेका हुन् । उनी वर्खास्तमा परेको खबरसँगै राजीनामा दिएको पत्र पनि सार्वजनिक भएको छ । कुन पहिले भन्ने अझै अन्याैल भनिए पनि उनले राजीनामा दिएर हिडेको उनी निकटस्थले बताएका छन् ।
मनाङेले मुख्यमन्त्री पृथ्वीसुब्बाले विश्वासको मत लिने बेला साथ दिन नसकिने भन्दै सम्पर्कविहिन बनेका थिए । मनाङेलाई कास्की प्रहरीले बिहीबार बेलुका लेकसाइडको वरपिपल रिसोर्टमा फेला पारेको थियो । त्यसअघि पोखराबाट नै कांग्रेसका गुण्डा नाइके गणेश लामा पक्राउ परेका थिए ।
मनाङ ‘ख’ बाट निर्वाचित मनाङेलाई मुख्यमन्त्री गुरुङले पहिलो कार्यकालमै मन्त्री बनाएका थिए । त्यसलगत्तै दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका गुरुङले मन्त्रालय विस्तार गर्दा मनाङेलाई मन्त्री बनाएका थिए ।
मनाङेले सदन विघटन रोक्न आफूले विपक्षीलाई साथ दिने भन्दै बिहीबारबाट गायब भएका थिए । उनी बिहीबार पनि सदनमा अनुपस्थित रहे । मनाङेले कांग्रेस संसदीय दलका नेता तथा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई सहयोग गर्ने घोषणा गरेका छन् ।
मनाङेले साथ दिएमा पाेखरेलको नेतृत्वमा गण्डकीमा नयाँ सरकार गठन हुनेछ । अहिले एमालेतर्फ २७ सांसद छन् भने कांग्रेस नेतृत्वको गठबन्धनमा ३० सांसद । मनाङेले साथ दिएमा कृष्णचन्द्रको पक्षमा हुमत पुग्नेछ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया