गोलबजारमा होटल सञ्चालकको हत्या, चार जना पक्राउ

गोलबजार- सिरहाको गोलबजारमा होटल सञ्चालन गर्दै आएकी एक महिलाको आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा शव फेला परेको छ । गोलबजार नगरपालिका‐६ का महेन्द्रकुमार साहकी श्रीमती ३२ वर्षीया अनिताकुमारी साहको ढुङ्गा र धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
स्थानीय सिकन्द्र पूर्वेको घर भाडामा लिएर विगत एक वर्षदेखि होटल सञ्चालन गर्दै आएकी साहको गर्दन काटेको तथा टाउको क्षतविक्षत भएको अवस्थामा घरभित्र शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । गए राति मृतक र निजका पति महेन्द्र साहमाथि कुटपिट भएको खबर प्राप्त भएपछि सहयोगका लागि घटनास्थलमा पुगेको प्रहरी टोलीले ३५ वर्षीय महेन्द्रलाई गम्भीर घाउचोटसहित बेहोस फेला पारेको थियो । निजलाई तत्काल उपचारका लागि गोलबजार पुर्याइएको थियो ।
घटनामा संलग्न भएको आशङ्कामा अनिताका चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सन्तोष अचार्यले बताए । घटना भएको घर नजिकको गोठबाट एक थान खुकुरी बरामद भएको छ । रासस

तेस्रो पटक जिब्रो छेडेर महाद्विप बोक्दै टोलटोल घुमे बोडेका २८ वर्षीय सुजन

शिक्षकका समस्या वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर्न माग

नेपालमा ‘अन्तर्राष्ट्रिय वातावरणीय पेशाविद दिवस’ मनाइयो

ब्यूरोले एआईमार्फत सामाजिक सञ्जालबाट चरित्रहत्या गर्नेलाई सार्वजनिक कारबाही ग…

विमानस्थलबाट गाँजासहित एक पक्राउ

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस्

प्रतिक्रिया