माओवादीले प्रधानमन्त्रीको विश्वासको मत र राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा अनिवार्य उपस्थित हुन ह्विप जारी गर्ने
विश्वासको मत लिने मिति र अध्यक्ष उम्मेदवारका बारेमा आइतबारसम्म टुङ्गो लाग्ने

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्रीको विश्वासको मतका साथै राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा अनिवार्य उपस्थित हुन ह्विप जारी गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा शनिबार बसेको माओवादी संसदीय दलको बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा अनिवार्य उपस्थित हुन आफ्ना दलका सदस्यहरूलाई ह्विप जारी गर्ने निर्णय गरिएको संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । प्रधानमन्त्रीले विश्वासको मत लिने मिति र राष्ट्रिय सभा अध्यक्ष उम्मेदवारका बारेमा आइतबारसम्म टुङ्गो लाग्ने उनले बताए ।
बैठकमा संसदको कार्यतालिकालाई प्रभावकारी बनाउने विषय र आगामी बजेटको सिद्धान्त र प्राथमिकताको छलफलका विषयमा पनि छलफल भएको पाण्डेले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री एवं माओवादी दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड' ले सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई अघि बढाउनका लागि दृढताका साथ लाग्नुपर्नेमा जोड दिएको प्रमुख सचेतक पाण्डेले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया