राष्ट्रपति पौडेल स्वागत समारोहमा सरिक

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि एवं सेना दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज साँझ आयोजित स्वागत समारोहमा सरिक भएका छन् ।
उनी नेपाली सेनाका परमाधिपति हुन् । समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख सहभागी थिए । नेपाली सेनाले यसपटक महाशिवरात्रि दिन आफ्नो दुई सय ६१औँ स्थापना दिवस मनाएको थियो ।
उपप्रधानमन्त्री, मन्त्रीगण, सवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूको स्वागत समारोहमा उपस्थिति थियो । त्यस अवसरमा गैरआवासीय सैनिक सहचारी तथा युवा आदान प्रदान कार्यक्रममा नेपाल भ्रमणमा रहेका विभिन्न देशका नेशनल क्याडेट कोर्षका छात्रछात्राको पनि सहभागिता थियो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया