बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

बिहारमा जन्तीमाथि गोली प्रहार

फाइल फोटो

पटना - भारत बिहारको बेगूसरायमा छोराको बिहेमा जन्ती ( बारात) निकलने क्रममा युवा युवतीहरूले खुसीयाली मनाउँदै डान्स गरिरहेका थिए।

सोही क्रममा खुसीयाली मनाउँदै एक जना युवकले चलाएको गोली लागेर एक जना जन्ती घाइते भएका छन्।

घाइते युवकको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइतेको आफन्तको उजुरीको आधारमा प्रहरीले कारवाही प्रक्रिया अगाडि बढाएको छ। बेगूसराय प्रहरीले ट्वीट मार्फत घटनाको पुष्टि गरेको छ। बेगूसराय प्रहरीले जति कडाइ गरेपनि त्यहाँ विहेवारीमा गोली फायरिङ गर्ने काम रोकिएको छैन।​

शनिवार बेगूसराय जिल्ला मटीहानी थानाक्षेत्र अन्तर्गत साफापुर गाउँका ईन्दल यादवको छोराको  मुनियप्पा गाउँका बब्लु यादवको छोरीको बिहेको लागी जन्ती निकालिरहेको थिए । 

सोही क्रममा एक जना युवकले गोली फायरिङ गर्दा स्थानीय युवक बर्ष २० का सुबोध यादव लाई गोली लागेको थियो।