बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

कतारमा नेपाली दूतावासले स्वदेशमा लगानी भित्र्याउन सम्मेलन गर्दै

काठमाडौँ- नेपालमा लगानी भित्र्याउने उद्देश्यले कतारमा आर्थिक सम्मेलन हुने भएको छ । कतारस्थित नेपाली दूतावासले स्वदेशमा हुने तेस्रो लगानी सम्मेलनलाई लक्षित गरी लगानी सम्मेलन गर्न लागेको हो ।

आगामी साता कतारका लगानीकर्तालाई नेपाल भित्र्याउन र लगानी सम्मेलनमा आमन्त्रित गर्न लगानीकर्ताको सम्मेलन गर्न लागेको कतारस्थित नेपाली राजदूतावासका राजदूत नरेशविक्रम ढकालले जानकारी दिए । नेपालमा लगानी गर्न राम्रो वातावरण रहेको सन्देश दिन कतार फाइनान्स सेन्टरसँग सहकार्य गरेर आयोजना हुन लागेको उनले बताए ।

'कतारका लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरण छ । ढुक्कले लगानी गर्दा हुन्छ भन्छौँ,' ढकालले भने, 'नेपालमा कतारी लगानीको वृद्धि गर्ने वातावरण बनाउनु पनि सम्मेलनको उद्देश्य हो । दूतावासले आयोजना गरेको हलमा आवश्यक प्रस्तुतीकरण दिनेछौँ ।'

उनका अनुसार कतार इन्भेष्टमेन्ट अथोरिटी, कतार चेम्बर अफ कमर्श, कतार फाइनान्स सेन्टर र कतार बिजनेश मेन एशोसिएशनको प्रतिनिधित्व हुनेछ । विभिन्न संस्था लगायत दुई सय लगानीकर्तालाई उपस्थिति गराउने गरी तयारी भएको छ ।

दुई सय जनाको उपस्थितिमा नेपाल लगानी बोर्डमा भएका सामग्रीहरूको प्रस्तुतीकरण गर्ने राजदूत ढकालले बताए ।

'नेपालमा लगानी गर्नका लागि वातावरण उपयुक्त छ भनेर हामीले सो सम्मेलनमा भन्नेछौँ,' उनले इकागजसँग भने, 'लगानी गर्नका लागि आवश्यक कानुन र प्रचलित ऐन नियमको बारेमा बुझाउने छौँ । नेपाल लगानी गर्न उपयुक्त देश तथा चिनाउनका लागि सकारात्मक सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गर्न लागेका छौँ ।'

कतारीले कृषि, पर्यटन क्षेत्र र हाइड्रोपावरको क्षेत्रमा लगानी गर्न चाहेको राजदूत ढकालले उल्लेख गरे । 'नेपालको राजनीतिक अस्थिरता र लगानी गरिसकेपछि त्यसको प्रतिफल फिर्ता ल्याउन कठिन रहेको भनेर उनीहरूले बुझेका छन् । यसमा द्विविधा मानेको अवस्था भएकाले नेपालमा त्यस्तो छैन भनेर प्रस्तुतीकरण दिनेछौँ,' उनले कतारी लगानीकर्ताको भनाइ उदृत गर्दै भने ।

निकट भविष्यमा कतारी अमिरको नेपाल भ्रमणका लागि दूतावास लागिरहेको ढकालले बताए । अमिरको भ्रमणमा विभिन्न विषयमा सम्झौता गर्न लागिएको उनले जानकारी दिए । कतार र नेपालकौ दौत्य सम्बन्ध थप सुदृढ हुनेमा उनले विश्‍वास व्यक्त गरे ।

 

 

 

 

 

श्रममन्त्री भण्डारी र युएईका राजदूत अब्दुल्लाबीच भेटवार्ता

श्रममन्त्री भण्डारी र युएईका राजदूत अब्दुल्लाबीच भेटवार्ता

पाँच वर्षदेखि प्रयोग गर्दै आएको सामाजिक सञ्जालबारे भिसा आवेदकले जानकारी नदिए अमेरिकाले भिसा नदिने

पाँच वर्षदेखि प्रयोग गर्दै आएको सामाजिक सञ्जालबारे भिसा आवेदकले जानकारी नदिए…

नेपाल–चीनबीच मित्रताको नमुनाः नीलकण्ठ माविको पुनःसंरचना

नेपाल–चीनबीच मित्रताको नमुनाः नीलकण्ठ माविको पुनःसंरचना

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य आवश्यक छ

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द विष्ट

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…