क्लासिक भ्यू रिसोर्टमा नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डको लगानी

काठमाडौँ- नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डले क्लासिक भ्यू रिसोर्टमा लगानी गरेको छ ।
ग्लोबल इक्विटी फण्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा संयुक्त रूपमा प्रवर्द्धन गरिएको यस फण्डले लग्जरी किसिमको यस रिसोर्टमा लगानी गरेको हो ।
शिवपुरी वन क्षेत्रको मनमोहक दृश्यका साथ बुढानिलकण्ठको पहाडमा अवस्थित क्लासिक भ्यू रिसोर्ट एक लक्जरी पर्यावरण-मैत्री रिसोर्ट होटल हो । हाल क्लासिक भ्यू रिसोर्ट निर्माणको अन्तिम चरणमा रहेको जनाइएको छ ।
जुन २०२४ मा सफ्ट ओपनिङ गर्ने गरी काम भइरहेको रिसोर्टले जनाएको छ । शिवपुरी जंगलको रमणीय दृश्यका साथ पर्यटकहरूलाई अनुपम अनुभव प्रदान गर्ने यो उच्च स्तरको पर्यावरण मैत्री रिसोर्ट हो ।
फण्डबाट प्राप्त रकम रिसोर्टको निर्माण प्रक्रियालाई अन्तिम रूप दिन र अन्तर्राष्ट्रिय मापदण्ड र प्रोटोकलहरू अनुरूप अन्तर्राष्ट्रिय फ्रेन्चाइज रिसोर्टमा ल्याउन प्रयोग गरिने बताइएको छ । यस लगानीबाट एनआईआईएफले प्रिमियर लक्जरी पर्यावरण मैत्री रिट्रीट गन्तव्य स्थापना गरी नेपालको पर्यटन क्षेत्रमा योगदान दिन खोजेको छ ।
ग्लोबल इक्विटी फण्डका प्रबन्ध निर्देशक डा. मनिष थापाले यस साझेदारी नेपालमा दिगो पर्यटन विकासलाई प्रवर्द्धन गर्ने हाम्रो प्रतिबद्धताको एउटा उदाहरण भएको बताए ।
'रिसोर्ट घरेलु र अन्तर्राष्ट्रिय पाहुनाहरूका लागि प्रमुख गन्तव्य बन्ने हाम्रो विश्वास छ,' उनले भने, 'हाम्रो यो लगानीले आकर्षक प्रतिफल दिने मात्र नभई स्थानीय अर्थतन्त्र र समुदायमा दिगो सकारात्मक प्रभाव पार्ने गरी नेपालको पर्यटन क्षेत्रको विकासमा पनि महत्वपूर्ण योगदान पुर्याउनेमा हामी विश्वस्त छौं ।'

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया