चीन-इथियोपिया सम्बन्ध अझ प्रगाढ बनाउन राष्ट्रपति सीको आग्रह

बेइजिङ : चीनका राष्ट्रपति सी चिनफिङले चीन-इथियोपिया सम्बन्ध तथा बेल्ट एन्ड रोड सहयोगलाई थप अगाडि बढाउन इथियोपियाली राष्ट्रपति सेहल-वर्क जेडेसँग आग्रह गरेका छन् ।
राष्ट्रपति सीले उक्त परियोजनाले दुबै मुलुक एवं जनताले लाभ लिन सक्ने बताए ।
दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापनाको ५० वर्षका अवसरमा राष्ट्रपति सीले आफ्ना समकक्षी इथियोपियाली राष्ट्रपति जेडेलाई पठाउनु भएको बधाई सन्देशमा उक्त कुरा उल्लेख छ ।
सन्देशमा राष्ट्रपति सीले वितेका ५० वर्षमा दुई देशबीचको परम्परागत सम्बन्ध अझ प्रगाढ र सुदृढ हुँदै गएको बताए । पछिल्ला वर्षहरुमा हस्ताक्षर भएको चीन-इथियोपिया विस्तृत रणनीतिक साझेदारी सम्झौताले राजनीतिक तहमा उच्च समझदारी विकास भएको र विभिन्न क्षेत्रमा फलदायी नतिजाहरु प्राप्त भएको पनि राष्ट्रपति सीले बताए ।
कोभिड-१९ महामारी फैलिएयता चीन र इथियोपियाले एकअर्का मुलुकले सामना गर्नु परेका कठिनाईलाई समान ढंगबाट समाधान गर्न प्रयत्न गरेको चीनको भनाई छ । राष्ट्रपति सीले कोभिड-१९ महामारी विरुद्ध लड्न चीन र अफ्रिकी मुलुकहरुबीच भएको समझदारी उदाहरणीय रहेको पनि बताए। (सिन्ह्वा)

'वार्ता असफल भएमा अमेरिकी प्रविधि कम्पनीमा कर लगाउन सक्छ'

चिनियाँ राष्ट्रपति सी र स्पेनिश प्रधानमन्त्री सान्चेजबीच बेइजिङमा भेटवार्ता

पानी विवादमा मेक्सिकोलाई भन्सार कर लगाउने ट्रम्पको धम्की

ओमानको मध्यस्थतामा अमेरिका- इरान बिच भाेली बार्ता हुने

नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो

अमेरिकाले भारत पठायो मुम्बई हमलाको मास्टर माइन्ड तहव्वुर राणा
चीनले अमेरिकाविरूद्ध विश्व व्यापार संगठनमा दियो उजुरी

प्रतिक्रिया