डोटीमा जीप दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती घाइते
धनगढी : डोटीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छ्न । जिल्लाको दीपायल सिलगढी नगरपालिका वडा नं ४ स्थित समुहगाड रेडियो नेपाल क्षेत्रीय प्रशारण नजिकै बिहान ४ बजेको समयमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगर बस्ने ५० बर्षिया चालक हुकुम शाह र उनकी भतिजी २६ बर्षिया देवी कुमारी शाह घाइते भएका थिए । दुबै जनालाई उपचारको लागि शैलेश्वरी अस्पतालमा लगिएको थियो । अस्पतालमा पुर्याएको केहि समयमै चालकको मृत्युु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घाइते देवी शाहको अहिले उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ । धनगढीबाट बाट बाजुराको लागि कुखुराको चल्ला बोकेर गइरहेको सु प्र प ०१०० च २६१५ नम्बरको जीप १०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीका इन्चार्ज अशोक खड्काले जानकारी दिए ।

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

प्रतिक्रिया