बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

नेपालले भोलि पीएनजीविरुद्ध खेल्ने

काठमाडौँ- हङकङमा जारी त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले भोलि पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्दैछ ।

नेपाल र पीएनजीबीचको खेल मङककमा नेपाली समयअनुसार बिहान ६:४५ बजेबाट सुरु हुने तालिका रहेको छ ।

सिरिजअन्तर्गत आइतबार भएको नेपाल र आयोजक हङकङबीचको खेल वर्षाका कारण पूरा हुन सकेन । जसका कारण नेपाल र हङकङले एक-एक अंक बाँडेका थिए ।