राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने
चैत २७ गते काठमाडौँ केन्द्रित आन्दोलन गर्ने राप्रपाको निर्णय

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत १६ गते गर्ने भनिएको काठमाडौँ केन्द्रित आन्दोलन चैत २७ गते गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले चैत १६ गते गर्ने भनिएको काठमाडौँ केन्द्रित जनप्रदर्शनसहितको आन्दोलन एसइईका कारण चैत २७ गतेलाई सार्ने निर्णय गरिएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए ।
त्यस्तै बैठकले वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने औपचारिक निर्णय गरेको छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिने क्रममा विपक्षमा मत दिने निर्णय गरिएको अध्यक्ष लिङ्देनले बताए । उनले प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने र समर्थन गर्नुपर्ने अवस्था आए पार्टी अध्यक्षले उपयुक्त निर्णय लिनसक्ने निर्णय गरिएको जानकारी दिए ।
त्यस्तै उनले पार्टी नेता ठाकुर मोहन श्रेष्ठमाथि भएको आक्रमणप्रति खेद व्यक्त गर्दै थप अनुसन्धान गरि ४८ घण्टाभित्र प्रतिवेदन पेस गर्न अनुशासन समितिलाई निर्देशन दिइएको बताए ।
त्यस्तै इलाम र बझाङमा हुने उपनिर्वाचनमा पार्टी सहभागी हुने र उम्मेदवार छनौटका लागि सम्बन्धी क्षेत्रका अध्यक्षलाई सिफारिस गर्न जिम्मेवारी दिने निर्णय गरेका अध्यक्ष लिङ्देनले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया