प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदलाई रास्वपाको ह्वीप

काठमाडौँ - सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्वीप जारी गरेको बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिँदै छन् । फागुन २१ मा प्रधानमन्त्री प्रचण्डले नयाँ सत्ता समीकरण बनाएपछि रास्वपा उपप्रधानसहित चार मन्त्रालय लिएर सरकारमा सहभागी भएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया