बागमती प्रदेशसभा बैठक बस्दै

मकवानपुर - बागमती प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी विशेष समितिले तयार गरेको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।
यही फागुन १० गते बसेको प्रदेशसभा बैठकले सत्तापक्ष र प्रतिपक्ष दलहरूबीचको बजेट विनियोजन सम्बन्धको सहमति कार्यान्वयनका साथै संसद्को गतिरोध अन्त्य र २०८०/८१ को बजेट तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी विशेष समिति गठन गरेको थियो ।
एघार सदस्यीय सो समितिले कार्यविधि निर्माण गरी सत्तापक्ष र प्रतिपक्ष दलबीचको सहमतिलगायतका विषयमा अध्ययन तथा परामर्श गरी आजको बैठकमा प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो । बैठकअघि दिउँसो १ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बस्नेछ । सो बैठकले प्रदेशसभाको अन्य कार्यसूची तयार पार्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

बजेटका सम्बन्धमा भएका गलत प्रचारप्रसारप्रति आर्थिक मामिला मन्त्रालयको ध्यानाकर्षण

बाढी घरमा पस्दा बलामी बेपत्ता

फेरिएको लोपोन्मुख वनकरियाको जीवनशैली

चितवनमा ग्यास बुलेट र ट्रक ठोक्कियो

बाढीले बगाएर सवइञ्जिनियर दाहालको मृत्यु
‘प्यारोल’बाट ३७ कैदी छुटे

भिरबाट हाम फाल्दा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

प्रतिक्रिया