सुरुङमार्ग पीडित संघर्ष समिति र सरकारबीच वार्ता हुँदै

काठमाडौँ- सरकार र नागढुंगा सुरुङमार्ग पीडित संघर्ष समितिबीच आज वार्ता हुने भएको छ । मंगलबार दिउँसो ३ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ता हुने भएको छ ।
सरकारले वार्ताका लागि आव्हान गरेकाले आज वार्तामा बस्न लागिएको संघर्ष समितिका संयोजक गोपी सुरखेतीले इकागजलाई जानकारी दिए । उनका अनुसार पीडितको मागहरू खानेपानीको उपलब्धता, सुरुङमाथिको घरमा भएको क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था छ ।
स्थानीयको मागअनुसार सहमति नभएमा संघर्षका कार्यक्रमहरू जारी रहने सुरखेतीको भनाइ छ ।
गत फागुन ६ गतेदेखि सुरुङमार्ग निर्माण आयोजनाको काममा अवरोध भएको छ । स्थानीयले विभिन्न माग राखी अवरोध गरेका हुन् । टनेल निर्माण गर्दा भत्किएका घर, जग्गामा भएको क्षति, खानेपानी अपर्याप्त र जमिनको मूल्यांकन कम भएको भन्दै स्थानीयले विरोध गरिरहेका छन् ।
२०७६ असोजमा हाज्मा आन्दाे कर्पोरेसनसँग ४२ महिनामा निर्माण पूरा गर्ने गरी सम्झौता भएको थियो ।
कुल २२ अर्ब लागतको यो सुरुङमार्ग निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १६ अर्ब ऋण सहयोग गरेको छ । ६ अर्ब नेपाल सरकारको आफ्नै स्रोतबाट खर्च हुनेछ ।
सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं प्रवेश गर्ने मुख्य द्वारमा यात्रुले भोग्नुपरेको ट्राफिक जामको सास्ती कम हुने विश्वास गरिएको छ ।
आयोजनाको फागुन २३ गते ब्रेक थ्रु गर्ने योजना रहेको थियो । २ हजार ६८८ मध्ये १४ मिटर मात्र बाँकी थियो । आयोजनाको सोही काम सम्पन्न भएपछि ब्रेक थ्रु गर्ने योजना रहेको थियो । स्थानीयको अवरोध भएपछि ब्रेक थ्रु को काम पनि अनिश्चित भएको छ ।

पहिराेले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

गुल्मी र पाल्पामा पहिरोले सडक अवरुद्ध

बाढीले पुल भासिँदा आवतजावत ठप्प

नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थपियो

हुम्ला–मुगु लिङ्क रोडः लोतीखोलामा ‘बेलीब्रिज’ जडान

सुक्खा पहिरोले बेनी–जोमसोम सडकमा आवतजावत रोकियो

रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु : आगामी भदौ ३० गतेभित्र सम्पन्न गर…

प्रतिक्रिया