सत्तासाझेदार दलबीच साँत बुँदे नयाँ सहमति

काठमाडौँ - सत्तासाझेदार दलबीच साँत बुँदे नयाँ सहमति भएको छ । फागुन २१ गते भएको आठ बुँदे सहमतिलाई परिमार्जन गर्दै सात बुँदे बनाइएको छ । नयाँ सहमतिमा पहिले भएको सातौँ बुँदा हटाइएको छ ।
चार दलबीच भएको सहमतिको सातौँ बुँदामा 'यो सहमति कार्यान्वयनका लागि वर्तमान मन्त्रिपरिषद् पुनर्गठन गरी सहमतिअनुसार नयाँ संयुक्त सरकार गठन गर्ने' भन्ने थियाे ।
फागुन २१ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच आठबुँदे सहमति भएको थियो ।
मंगलबार संशोधित सहमतिपत्रमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि हस्ताक्षर गरेका छन् ।

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

सहकारी ठगी प्रकरण : फरार कांग्रेस सांसद राई पक्राउ

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा वैशाख १७ गते

प्रतिक्रिया