सत्ता गठबन्धन परिवर्तन गर्दा प्रधानमन्त्री प्रचण्डले लगाएका आरोप स्वीकार्य छैन : कांग्रेस

काठमाडौँ- नेपाली कांग्रेसले सत्तागठबन्धन परिवर्तन गर्दा प्रधानमन्त्री प्रचण्डले लगाएका आरोप स्वीकार्य नभएको जनाएको छ ।
मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले देशलाई सुशासनका साथै आर्थिक वृद्धिको लक्ष्यका साथ अघि बढेको र आर्थिक अवस्था पनि सुधार भएको अवस्थामा सत्ता गठबन्धन परिवर्तन गर्दा प्रधानमन्त्री प्रचण्डले लगाएका आरोप स्वीकार्य नभएको बताएका हुन् ।
उनले प्रधानमन्त्रीले कांग्रेस र कांग्रेसका मन्त्रीहरूमाथि मिथ्या आरोप लगाएको बताए । कांग्रेस महासमिति बैठकमा गठबन्धनलाई सुदृढताका साथ अगाडि बढाउने निर्णय नै भएको भन्दै उनले बैठकभित्र बोलेका कुरालाई लिएर गठबन्धन परिवर्तन गर्ने काम चालबाजी मात्रै भएको धारणा राखे ।
महतले आफूले अर्थतन्त्रको जिम्मेवारी सम्हालेपछि अहिलेको अवस्थासम्म आउँदा यसलाई लयमा फर्काउन सफल भएको जिकिर गरे । मन्त्रालयमा रहँदा आफूले नियम, कानुन र विधिसम्म नभएका फाइलहरूलाई रोकेको उनले बताए ।
उनले मिथ्याङ्क गर्न आफूहरूले नजानेको भन्दै मुलुकको वास्तविक अवस्था समेत सार्वजनिक गरिसकेको बताए । महतले आफूले देश र जनताप्रतिको जिम्मेवारी पूर्ण रूपमा पूरा गरेको दाबी समेत गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया