देशलाई बरबादी हुनबाट रोक्न नयाँ गठबन्धन बनायौँ : केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई बरबादी हुनबाट रोक्न नयाँ गठबन्धन बनाएको बताएका छन् ।
मंगलबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले एमालेलाई सरकारमा जाने हतारोले भन्दा पनि देशको बरबादी हेरेर बस्न नसकेर गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउन परेको बताएका हुन् ।
अघिल्लो गठबन्धनलाई आफूले खरानीको डल्लोको संज्ञा दिएको स्मरण गराउँदै ओलीले उक्त गठबन्धन खरानीको डल्लो नै प्रमाणित भएको जिकिर गरे ।
अध्यक्ष ओलीले अघिल्लो गठबन्धन भत्काउनुमा चीनलाई दोष दिने गरेको भन्दै चीनले नभई एमालेले एकल रूपमा भत्काएको दाबी गरे । उनले अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउने प्रधानमन्त्रीको कदम निकै राम्रो भएको धारणा राखे । अहिलेको समीकरण जनमुखी भएकाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन उनले निर्देशन दिए । उनले प्रधानमन्त्रीमाथिको विश्वासको मत असफल भए ठूलो दलको हैसियतले कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएकाले अल्पमतको अयोग्य सरकार बन्नबाट रोक्नुपर्ने बताए ।
त्यस्तै एमाले अध्यक्ष ओलीले सरकारमा सहभागी भएका पार्टीका तर्फका मन्त्रीहरूलाई परिणाम देख्ने गरी काम गर्न निर्देशन दिए । त्यस्तै उनले अपारदर्शी र भ्रष्टाचारका कुनै पनि क्रियाकलापमा सहभागी नहुन निर्देशन दिँदै कसैले यस्तो क्रियाकलाप गरे हेरेर नबस्ने चेतावनी दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया