नैतिकता र संस्कार हराउँदै गएकाले राजनीतिक क्षेत्रमा विकृति बढ्यो : शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नैतिकता र संस्कार हराउँदै गएकाले राजनीतिक क्षेत्रमा विकृति र विसंगति बढेको बताएका छन् ।
मंगलबार विराटनगरमा रहेको गुराँस पुस्तकालयको ५४ औं स्थापना दिवसको अवसरमा आयोजित सम्मान कार्यक्रममा बोल्दै वरिष्ठ नेता कोइरालाले वर्तमान गठबन्धन बनाउने उद्देश्य राखेका प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई कपोलकल्पित आरोप लगाउँदै गठबन्धन भत्काएको आरोप समेत लगाए । उनले नैतिकताबिनाको राजनीतिको अर्थ नहुने भएकाले यस्तो राजनीति नगर्न नेताहरूलाई आग्रह समेत गरे ।
नेपाली कांग्रेसको दस्तावेजमा माओवादीले भनेको कुरा राख्न नसकिने उनले स्पष्ट पारे । कोइरालाले कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउँदै अब संविधानमा रहेको निर्वाचन प्रणालीको प्रावधान संशोधन गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा सामाजिक क्षेत्रमा विशेष योगदान पुर्याएका दिनबन्धु गोयललाई १५ हजार र राजनैतिक क्षेत्रमा योगदान पुर्याएका पिताम्बर दाहाललाई २१ हजार नगदसहित सम्मान प्रदान गरेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया