कस्तो हुन्छ आजको मौसम ?

काठमाडौँ- हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

‘मौलिक संस्कृति मासेर बहुराष्ट्रिय कम्पनी फस्टाउँदैन’

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

अन्तर्राष्ट्रिय शान्तिवक्ता भक्तपुरमा

आइतबारदेखि काठमाडौँ उपत्यकामा बदली हुने

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा

प्रतिक्रिया