विश्वासको मत पाएपछि प्रधानमन्त्रीले भने - देश र जनताप्रति थप जिम्मेवारीबोध भएको छ

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा विश्वासको मत पाएसँगै देश र जनताप्रति थप जिम्मेवारी बोध भएको बताएका छन् ।
विश्वासको मत प्राप्त गरेपछि बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गदै प्रचण्डले राष्ट्र र जनताको पक्षमा राम्रा काम तीव्र गतिमा गर्ने जिम्मेवारीलाई गम्भीरतापूर्वक पूरा गर्ने समेत बताए ।
यसअघि पनि विश्वासको मत दिएको भन्दै उनले नयाँ राजनीतिक समीकरणसहित विश्वासको मत पाउँदाको अनुभव अझ बढी लोकतान्त्रिक ढंगले सजीव रहेको जिकिर गरे ।
उनले आफूप्रति भरोसा गरेर मत दिनेलाई धन्यवाद दिँदै विपक्षमा मत दिएर सरकारले राम्रो काम गरोस् भन्नेलाई पनि धन्यवाद दिए ।
उनले बुधबार प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका हुन् ।

सिंचाई सम्झौता अनुसार भारत सरकारसँग पानी माग्न नसक्नु ओली सरकारको लाचरीपना:…

पार्टी एकीकरणवारे छलफल गर्न घनश्याम पुगे नारायणकाजी निवास

राजसंस्था र हिन्दु राष्ट्रलाई बिदेशीको ईशारामा एम्बुसमा पारियो: कमल थापा

ओलीको नेतृत्वलाई समर्थन गर्नु, राष्ट्रको आवश्यकता : एमाले सचिव लेखराज भट्ट

भारतको उत्तराखण्डमा बेपत्ता भएका नेपालीको खोजी कार्य जारी छः प्रधानमन्त्री ओली

राष्ट्रियसभा बैठक बस्दै, जलस्रोत विधेयक सभा समक्ष पेश गरिने

अर्थसहित पाँच वटा समितिको बैठक बस्दै

प्रतिक्रिया