अब अर्को कुनै सरकार बनाउने प्रयास हुँदैन : योगेश भट्टराई

काठमाडौँ - नेकपा एमालेका नेता योगेश भट्टराईले अब अर्को कुनै सरकार बनाउने प्रयास नहुने बताएका छन् ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले संसदको वर्तमान कार्यकाल रहेसम्म अहिलेको सरकार कायम रहने भन्दै अर्को कुनै सरकार बनाउने प्रयास नहुने बताएका हुन् ।
वर्तमान सरकारको निर्णायक शक्तिको रुपमा रहेको एमालेले प्रधानमन्त्रीलाई समर्थन गरेको भन्दै उनले सरकारलाई आउने चार वर्षसम्म सहज रुपमा चल्न दिने दायित्व एमालेको भएको धारणा राखे ।
उनले वर्तमान सरकारले नै मुलुकमा देखिएको समस्याहरू हल गर्ने दावी गरे । भट्टराईले अहिले नै गठबन्धनभित्र आलोपालो प्रधानमन्त्रीको कुरा नभएको र एमालेले प्रधानमन्त्री पाउनका लागि कुनै दावी समेत नगरेको जिकिर गरे । १५–१५ महिना प्रधानमन्त्री पदको बाँडफाँट गर्ने सहमति पनि नभएको उनको भनाइ छ ।
उनले धेरै कुरामा त्याग गरेर नयाँ समीकरण बनेको भन्दै पद भन्दा पनि समीकरणलाई बलियो बनाउन ध्यान केन्द्रित गर्ने बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया