पदसँग राजधानी साटेको भन्दै गृहजिल्लामा अथर्मन्त्री पौडेललाई कालो झण्डा

बुटवल : सत्तारुढ नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई गृहजिल्ला बुटवलमा नेपाली कांग्रेस कार्यकर्ताले कालो झण्डा देखाएका छन् । पदसँग राजधानी साटेको भन्दै पौडेललाई तिनाउ पुल नजिकै बुधबार बिहान कांग्रेस कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् ।
बुधबार र बिहीबार रूपन्देहीका विभिन्न आयोजना अनुगमन, शिलान्यास तथा उद्घाटन कार्यक्रममा सहभागी हुन पौडेल मंगलबार बुटवल गएका थिए । त्यसै मौकामा सैनामैनामा सञ्चालित आयोजना अवलोकन गर्न जाँदा उनलाई कालो झण्डा देखाएका हुन् ।
लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवल थियो । अहिले लुम्बिनीको स्थायी राजधानी दाङ सारिएको छ । यसै बेलादेखि पौडेललाई पदसँग राजधानी साटेको भन्दै आरोप लाग्ने गरेको छ ।
यसअघि कांग्रेसले मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगा प्रहार गरेका थिए ।
माओवादी मधेश प्रदेश संसदीय दलका नेता साहले दिए राजीनामा

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध मुद्दा दायर

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

सुदूरपश्चिम प्रदेशसभाबाट स्थानीय सेवाको गठनसम्बन्धी विधेयक पारित

नयाँ बनाउनुभन्दा भएकै स्वास्थ्य संस्थाको क्षमता विस्तार गरेर सञ्चालन गर्नुपर्छः स्व…

‘कञ्चनजङ्घा आरोहणले दुई देशबीचको सम्बन्ध थप बलियो’

तीन दलको निष्कर्ष: राजावादीका नाममा भएको गतिविधि राजनीतिक रुपमा संयमतापूर्व…

प्रतिक्रिया