भारतले पक्राउ गर्यो पाकिस्तानीको ४८० करोडको लागुऔषध

नयाँदिल्ली- अरब सागरस्थित भारतीय सीमामा ४८० करोड भारतीय रुपैयाँको लागुऔषध बरामद भएको छ ।
गुजरात एटीएस, नौसेना र केन्द्रीय एजेन्सीको संयुक्त अप्रेशनअन्तर्गत टोलीले ६ विदेशी लागुऔषध तस्करलाई पनि पक्राउ गरेको छ । यी सबै ड्रग्स भरियाहरू पाकिस्तानी नागरिक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
समाचार अनुसार यी औषधिहरू एउटा डुङ्गामा ल्याइएको थियो, जसमा पाकिस्तानी प्याडलरहरू पनि सवार रहेका थिए । एनसीबीका अप्रेशनका डीजीबी ज्ञानेश्वर सिंहले भने ‘यो पाकिस्तानको कम लागतको युद्ध हो। पाकिस्तानले लागुऔषधको सहारा लिएर युवाहरूलाई खोक्रो बनाउने षड्यन्त्र गरिरहेको छ ।’
उनले अगाडि भने ‘अप्रेशन सागर मन्थनको पहिलो चरण सफल भयो । अब दोस्रो चरणमा ठूलो कारबाही गरिएको छ। टोलीले ६ पाकिस्तानी भरियालाई पक्राउ गरेको छ ।’
उनका अनुसार यो पूरै खेप पाकिस्तानबाट हाजी सलिम सिन्डिकेटले पठाएको थियो । यसअघि पनि भारतमा पठाइएका धेरै ठूला कन्साइनमेन्टमा हाजी सलिम सिन्डिकेटको हात परेको थियो । हाजी सलिम पाकिस्तानको ठूलो लागुऔषध आपूर्तिकर्ता हो, जसका धेरै मोड्युल रहेका छन् । यसमार्फत उनले श्रीलंका, मरिससलगायत धेरै देशमा आफ्नो सिन्डिकेट फैलाइरहेका छन् ।
अभियुक्तहरू पाकिस्तानको ग्वादर बन्दरगाहबाट लागुऔषधको खेप डुंगामा लोड गरेर फरार भएका थिए ।उनीहरु भारतका केही व्यक्तिहरुको सम्पर्कमा पनि छन् ।
हाजी सलिमले विशेष तरिकाले औषधि आपूर्ति गर्छन् । उनी प्रायः समुद्री मार्ग प्रयोग गर्छन् । उनले समुन्द्रका विभिन्न मार्गबाट लागुऔषध भारत र अन्य देशका विभिन्न बन्दरगाहमा पठाउने गरेका छन् । आईएसआईका यो ‘नयाँ दाउद’ हाजी अली अहिले भारतीय एजेन्सीको रडारमा पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

४८ घण्टामा राहत नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छ : राष्ट्र संघ

बङ्गलादेशमा ‘स्टारलिङ्क’ इन्टरनेट सेवा सुरु
चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

'जेलन्स्कीद्वारा रुसमाथि शान्ति वार्ता लम्ब्याउने आरोप'

युरोपेली संघद्वारा रुसमाथि नयाँ प्रतिबन्ध, युद्धविरामका लागि दबाव

गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

प्रतिक्रिया