बुधबार १७ बैशाख, २०८२
Wednesday, April 30, 2025

रक्सौलमा नेपाल-भारतका सुरक्षा अधिकारीसहितको बैठक

फाइल फोटो

पर्सा - वीरगञ्जसँग जोडिएको भारतीय सहर रक्सौलमा नेपाल भारतका सुरक्षा अधिकारीसहितको दुई पक्षीय बैठक बसेकाे छ।

भारतमा हुन गइरहेको निर्वाचनलाई लक्षित गरेर भएको बैठकमा दुई देशका सुरक्षा अधिकारीसँगै विभिन्न क्षेत्रमा आबद्ध केही स्थानीय बुद्धिजीवीलाई पनि समेटिएको थियो।

बैठकमा दुई देशमा शान्ति सुरक्षा अमन चयन कायम राख्न, आपराधिक क्रियाकलाप रोक्न, लागुऔषध तस्करी नियन्त्रण गर्न एक अर्कालाई सहयोग गर्ने सहमति भएको छ।

त्यस्तै मानव बेचबिखन, प्रतिबन्धित सामान तस्करी, अवैध हातहतियार तथा मदिराजन्य पदार्थको ओसारपसारमा निगरानी गर्ने सहमति भएको नेपाली सुरक्षा अधिकारीले बताएका छन्। 

बुधबार अबेरसम्म चलेको बैठकमा भारतीय सीमा सुरक्षा बल एसएबी फोर्सका आईजीपी पंकज दरादले नेपाल–भारतमैत्री सम्बन्ध सुमधुर बनाउन एसएसबी फोर्स सदैव सकारात्मक रहेको बताएका थिए।​

मितेरी पुलमा राखिएको चेकपोस्टका कारण नेपालतर्फ भएको कठिनाइलाई मध्यनजर गरेर हटाउन लगाएको बताउँदै कठिनाइको लागि आत्मालोचना गरेका थिए।

भारतमा हुन गइरहेको लोकसभाको निर्वाचनलाई लिएर सुरक्षा व्यवस्था दुरुस्त राख्न नेपालको तर्फबाट पूर्ण सहयोग हुने उनले विश्वास व्यक्त गरेका थिए। उनले वीरगञ्ज रक्सौलको सीमा क्षेत्रमा सहायता कक्ष स्थापना गरिने, जसले नेपाल आउने जाने सर्वसाधारणलाई सहयोग पुग्ने जानकारी दिए।

बैठकमा भारतको तर्फ बाट सशस्त्र सीमा सुरक्षा बलका आईजिपी दरादका साथै उपमहानिरीक्षक एस सुब्रमण्यम, कमान्डेन्ट विकास कुमार, कमान्डेन्ट एनएस मेहरा, द्वितीयक कमान अधिकारी सुन्दरम, उपकमान्डेन्ट दीपक कृष्णा, वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्य दूत शैलेन्द्र कुमार, सुरेश पट्ट, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी कुमोध ढुङ्गेल, पर्साका सशस्त्र प्रहरीका डिएसपी सङ्गम श्रेष्ठ, ग्रिन सिटी सामुदायिक केन्द्र वीरगञ्जका अध्यक्ष जयप्रकाश खेतान, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल लगायतको सहभागिता रहेको थियो ।

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

राष्ट्रपति पौडेलसमक्ष छ मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति पौडेलसमक्ष छ मुलुकका राजदूतको ओहोदाको प्रमाणपत्र पेस