जिप दुर्घटना अपडेट : मृतक संख्या आठ पुग्यो (नामसहित)

काठमाडौँ- सुनसरीको इटहरीबाट धरान हुँदै भोजपुरको चुहारसम्मका लागि हिँडेको को १ ज २५९३ नम्बरको बोलेरो दुर्घटना हुँदा मृत्यु हुने संख्या आठ पुगेको छ । सुनसरीबाट भोजपुर हिँडेको बोलेर उदयपुरको बेलका नगरपालिका-७ मैनामैनीमा दुर्घटना भएको थियो । दुर्घटना परि घटना स्थलमै सात जनाको मृत्यु भएको हो भने एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि मृत्यु हुनेहरूमा चालक इटहरी नगरपालिका १६ सुनसरीका ४२ वर्षीय मानबहादुर बस्नेत, भोजपुरा हतुवागडी २ का ७० वर्षीया पर्वतमाया राई, भोजपुरा हतुवागडी २ कै २३ वर्षीय चन्द्रप्रकाश राई, सोही ठाउँका ६ महिने बालक दिसांग राई, भोजपुरा हतुवागडी ९ का ६८ वर्षीय पदमबहादुर थापा, भोजपुरा हतुवागडी ५ का ३० वर्षीया रामकुमारी राई र सुनसरी इटहरी बस्ने अन्दाजी ४० वर्षीया कमला अधिकारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उपचारको क्रममा हतुवागडी ५ का किसन राईको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार दुर्घटनामा परि घाइते भएकाहरूको सुनसरीको धरान स्थित घोपा क्याम्पमा उपचार भइरहेको छ । घाइते हुनेहरूमा बिशेष पराजुली, सावित्रा राई, मिनु राई, शान्तिकला राई, सबिना परियार, गायत्री कटवाल “रमा“ सुशील परियार, कुलाबुंग राई र निकिता कटवाल रहेका छन् । घाइतेहरूमध्ये शान्तिकाला राईको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । घाइते शान्तिकलाको ६ महिनाको बालिकाको भने घटना स्थलमै मृत्यु भएको थियो ।
दुर्घटना भएको जीप सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि मृत्यु भएकाहरू जिपमा चेपिएका थिए । मृतकको शव पोस्टमार्टमका लागि धरान घोपा पठाइएको प्रहरीले जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया