रास्वपा सासंद पराजुलीको प्रश्न : कांग्रेसले किस्तीमा राखेर रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गर्दा अहिले उठाएको विषय कहाँ थियो ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले कांग्रेसले किस्तीमा राखेर रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गर्दा अहिले उठाएको विषय कहाँ थियो भन्दै प्रश्न गरेका छन् ।
बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पराजुलीले अहिले कांग्रेसका सांसदहरूले उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि विभिन्न प्रश्न खडा गरेको भन्दै प्रधानमन्त्रीको अफर गर्दा कांग्रेसले अहिले उठाएको विषय कहाँ थियो भन्दै प्रश्न गरेका हुन् ।
उनले राजनीतिको आफ्नै मूल्य मान्यता हुने भन्दै आफ्नो पक्षमा राम्रो हुने र नहुँदा नराम्रो देख्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने धारणा राखे । पराजुलीले कांग्रेसले तत्कालीन अवस्थामा रास्वपालाई प्रधानमन्त्रीको अफर देश र जनताको हितमा गरेको थियो वा अर्को समीकरणलाई ढाल्नका लागि मात्रै गरिएको थियो भन्ने कुरा जिम्मेवार राजनीतिक दलले बुझ्नु पर्ने धारणा राखे ।
उनले अहिले कोही व्यक्तिलाई जवरजस्ती दोषी देखाउने भन्दा पनि सहकारी पीडितलाई न्याय दिनु मुख्य विषय भएकाले उनीहरूले न्याय दिएरै छाड्ने दाबी गरे ।
त्यस्तै उनले सहकारीको विषयमा लामिछानेमाथि उठेका विषयको निष्पक्ष छानबिन गर्न गृह मन्त्रालयले हस्तक्षेप नगर्ने स्पष्ट पारे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया