उपप्रमुखद्वारा सरकारी गाडीको दुरुपयोग

सिरहा- सिरहाको एक नगरपालिकाको जनप्रतिनिधिले सरकारी गाडीको दुरुपयोग गर्ने गरेको पाइएको छ । जिल्लाको कल्याणपुर नगरपालिकाका उपमेयर रेखा यादवले सरकारी गाडीको चरम दुरुपयोग गरिरहेको पाइएको हो ।
नगरको कामकाजमा सहजताका लागि नगरपालिकाले उपमेयरलाई दिएको सरकारी गाडी उनले निजी जस्तै गरी प्रयोग गर्दै आएको स्थानीयहरू बताउँछन् ।
कार्यालयमा बिरलै देखिने उपमेयर यादव चढ्ने प्रदेश २–०२००१ झ ००३६ नम्बरको स्कोर्पियो निजी काममा प्रयोग गरेको स्थानीय रामकुमार यादवले बताए । उनले भने, 'उनी त उनी, उनका श्रीमान् अजय यादवले समेत बिहे भोजभतेर लगायतको निजी कामकाजमा प्रयोग गर्दै आइरहेका छन् ।'
कल्याणपुर गाउँबाट सोमबार अबेर राति उपमेयरका श्रीमान् अजय यादव र गाउँका ६/७ जनालाई गाडीमा बोकेर जन्तीका लागि जनकपुर गएको नाम नखोल्ने सर्तमा एक स्थानीयले बताए । उनले भने, 'जनकपुरस्थित आरजी होटेलमा कल्याणपुरबाटै गएको जन्तीमा बिहेका सामग्री लोड गरी उनी त्यहाँ गएका थिए ।'
सोमबार सार्वजनिक बिदा थियो । उनले जनकपुर जाँदा बाटाेमा कयौँ प्रहरी र ट्राफिक कार्यालय पार गरे । तर, कसैले केही गरेनन् । सरकारी गाडीको दुरुपयोग गरेको विषयमा स्थानीयले निरन्तर रूपमा विभिन्न माध्यमबाट सरोकारवाला निकायलाई जानकारी गराए पनि सम्बन्धित निकाय मौन भएर बसेका छन् । गाडीको दुरुपयोग गर्नेलाई कानुनी कारबाहीको व्यवस्था नै छ । तर, सरोकारवाला निकायले यस विषयमा मौनता साँधेको स्थानीयहरूले आरोप लगाएका छन् । न्युजकारखाना

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया