नेविसंघ असन्तुष्ट पक्षको माग पूरा नगरेको भन्दै आत्मदाहको प्रयास

काठमाडौँ- नेपाल विद्यार्थी संघ असन्तुष्ट पक्षको माग पूरा नगरेको भन्दै नेता रामजी बस्नेतले नेपाली कांग्रेस केन्द्रीय कार्यालय अगाडि आत्मदाहको प्रयास गरेका छन् ।
संघका केन्द्रीय अध्यक्ष दुजाङ्ग शेर्पा, नेपाली कांग्रेस केन्द्रीय सदस्य राजिव ढुङ्गाना र नेपाली कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा २०८० भदौ ३ गते भएको सहमति कार्यान्वयन गर्न हिचकिचाएकोमा असन्तुष्ट पक्षका नेता बस्नेतले आत्मदाहको प्रयास गरेका हुन् । आज १२:३० मा मुख्य सचिवलाई जानकारी गराउँदै बाहिर आएर बस्नेतले आत्मदाहको प्रयास गरेका थिए ।
भदौ ३ मा उल्लेख भएको सहमतिअनुसार ७ दिनभित्र छुटेका साथीहरूलाई समेटेर मात्र गतिविधि सञ्चालन गर्ने भनिएता पनि आज १:०० केन्द्रीय समितिको बैठक बोलाइएको थियो । उक्त आन्दोलनको गतिविधि निरन्तर रूपमा अगाडि बढाइने कुरा नेता प्रवेश ढुङ्गानाले जानकारी दिएका छन् । करिब १५ जनाको समूह सहभागी भएका मध्ये एकले मात्र आत्मदाहको प्रयास गरेका थिए र अघिल्लो चरणमा अन्य साथीहरू पनि आत्मदाह गर्ने जानकारी दिएका छन् ।
आत्मदाह प्रयास गर्ने बस्नेतको उपचार वयोधा अस्पतालमा भएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया