एलजीको नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प २०२४

काठमाडौँ- सबै मौसमका लागि एलजी एसी नाराका साथ अघि बढिरहेको अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्पको आयोजना गरेको छ ।
गर्मी बढेसँगै चैत १ गतेदेखि सीमित अवधिको लागि नेपालका सम्पूर्ण एसीका ग्राहकलाई लक्षित गरी “नि:शुल्क ए.सी. सर्भिस र एक्सचेन्ज क्याम्प” योजना अघि सारेको एलजीले जनाएको छ ।
यस योजना अन्तर्गत ग्राहकले कुनै पनि ब्रान्डको एसीमा नि:शुल्क सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा, उक्त पुरानो एसीमा बिगतको भन्दा ५० प्रतिशतसम्मको थप मूल्याङ्कनका साथ एलजीको उच्च गुणस्तरिय एसीसँग साट्न सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकले www.cgelex.com/exchange मा गई आफ्नो पुरानो एसोको मूल्याङ्कन आफैँ पनि गर्न सक्ने कम्पनीले जनाएको छ ।
यो सुविधा र सर्भिस लिनको लागि ग्राहक वर्गहरूले टोल फ्री नं १६६-००-१००-२११ वा ०१-५९७०२११ मा अथवा एलजीको सामाजिक सन्जाल पेज मार्फत आफ्नो विवरण रजिस्टर गराउनु पर्नेछ ।
रजिस्टर पश्चात एलजीका टेक्नीसियन ग्राहकहरूका घरमै गई यो सुविधा प्रदान गर्नेछन् । यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टस् मा ५० प्रतिशतसम्म छुटका साथै नयाँ एलजीको एसी खरिद गर्दा १८ प्रतिशतसम्मको विशेष छुट प्रदान गरिएको कम्पनीले जनाएको छ । साथै ग्राहकले नयाँ एसीमा ४००० बराबरको फ्री इन्स्टलेशन पनि पाउनेछन् । नयाँ एलजीको एसीहरूमा १० वर्षको इन्भर्टर कम्प्रेसर वारेण्टी रहेको कम्पनीले जनाएको छ ।

बिराटनगर किंग्सद्वारा हायात सेन्ट्रिकसँग आगामी सिजनको लागि पुन: सहकार्य

जेडटीईका स्मार्टफोनहरू अब शून्य प्रतिशत ब्याजमा

स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति ?

नेपालमा दुई नयाँ ट्याब्लेट, शाओमी प्याड ७ र रेड्मी प्याड २ को प्रि बुकिङ खुल्ला

एचएमडी क्रेस्ट म्याक्स फाइभजी नेपाली बजारमा, के-के छ सुविधा ?

एप्पलले चीनबाट उत्पादन बन्द गर्ने, अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ 'मेड …

पकेटमा रकेट : रेडमी ए५ नेपालमा सार्वजनिक, के-के छ विशेषता ?

प्रतिक्रिया