बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

गृहमन्त्री लामिछानेले बुझाए प्रधानमन्त्री प्रचण्डलाई सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन

फाइल तस्बिर

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।

शुक्रबार बिहान बालुवाटारस्थित निवासमा पुगेर गृहमन्त्री लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई आयोगले तयार पारेको छानविन प्रतिवेदन बुझाएका हुन् ।

आयोगले हिजो गृहमन्त्री समक्ष सो प्रतिवेदन बुझाएको थियो ।