मेरो नाम जोडेर अनावश्यक रूपमा समाचार लेखियो मानहानिको मुद्दा हाल्छु : पूर्व महानिरीक्षक खनाल

काठमाडौँ- नेकपा एमालेका नेता तथा पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले कान्तिपुर दैनिकले आफूलाई सुन तस्करी प्रकरणमा अनावश्यक रूपमा नाम जोडेर समाचार लेखेको भन्दै मानहानिको मुद्दा हाल्ने बताएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई सुन तस्करी प्रकरणमा अनावश्यक रूपमा नाम जोडेर समाचार लेखेको भन्दै कान्तिपुर दैनिकलाई मानहानिको मुद्दा हाल्ने बताएका हुन् । खनालले कान्तिपुरको भ्रमपूर्ण समाचारले आफूमाथि मानसिक दबाब र मानवअधिकारको पनि हनन भएको बताउँदै आफूले देश र जनताको लागि ३० वर्षे प्रहरी करियरमा राम्रोमात्रै काम गरेको दाबी गरे ।
आफूले एमालेका नेताहरू कसैलाई पनि आफूमाथि अनुसन्धान नगर भनेर नभनेको जिकिर गरे । उनले अहिले सुन तस्करी प्रकरणमा गठित छानबिन आयोगले बुझाएको प्रतिवेदनमा भएका सबैलाई कारबाही गर्नुपर्ने माग गरे ।
खनालले अब आयोगको प्रतिवेदन आइसकेपछि दोषीहरूलाई कारबाही गर्न गृहमन्त्रीलाई सोधिरहनुपर्ने कुनै आवश्यकता नरहेको दाबी गरे । उनले तथ्यहीन, भ्रमपूर्ण र हुँदै नभएको कथाहरू बुनेर समाचार सम्प्रेषण गरिएको प्रति आफूले घोर भर्त्सना गरेको उल्लेख गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया