इतिहासमा आज : काजीले गोपुर किल्लामा आत्मसमर्पण गरेदेखि लेखक-कलाकारहरू सडकमा

काठमाडौँ- आज चैत ३ गते अर्थात मार्च १६ । आजको दिन इतिहासमा विभिन्न घटनाहरू भए । ति घटनाबारे जानकारी दिन गइरहेका छौँ ।
कीर्तिपुरमाथि तेस्रो पटकको युद्धको नेतृत्व काजी वंशराज पाडेले लिएका थिए । उनले चारैतिरबाट गोपुर किल्लालाई घेरेर खेतालाका रूपमा केही सैनिक कीर्तिपुर पठाएका थिए । वंशराजले कीर्तिपुरेहरूलाई आत्मसम्पर्ण गर्न भनेका थिए । यो युद्धमा कीर्तिपुरलाई छिमेकी राज्यहरूबाट सैनिक सहयोग भएको थिएन । वि.स. १८२२ चैत ३ गते धनवन्त काजीले गोपुर किल्लामा आत्मसम्पर्ण गरेका थिए ।
त्यस्तै २०४६ साल चैत ३ अभिव्यक्ति स्वतन्त्रताका लागि लेखक-कलाकारहरू सडकमा उत्रिएका थिए । जसमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायत साहित्य, कला, संगीत क्षेत्रका स्रष्टाहरू थिए ।
राजनीतिक दलहरूले पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्था स्थापनाको माग थियो भने लेखक-कलाकारहरूले अभिव्यक्ति स्वतन्त्रताको माग राखेर कालो पट्टि बाँधेर आन्दोलन गरेका थिए । उनीहरूलाई त्यस दिन पक्राउ गरियो । मुखमा कालो पट्टी बाँधेर सरस्वती सदन अगाडि साहित्यकार पारिजातले आन्दोलन चर्काइरहेकी थिइन् ।
त्यस्तै सन् २०१४ मार्च १६ कै दिन क्रिमियनहरूले युक्रेन छाडेर रसियामा सामेल हुन मतदान गरेका थिए । एक जनमतसंग्रहलाई अत्यधिक रूपमा अनुमोदन गरे जसले रणनीतिक रूपमा महत्त्वपूर्ण ब्ल्याक सी क्षेत्रलाई यो लगभग २५० वर्षको हिस्सा रहेको देशसँग एकताबद्ध गर्न खोज्यो ।
त्यसैगरी सन् २०२२ को मार्च १६ मा जापानको फुकुशिमाको तटमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

बैतडीमा लगातार भूकम्प

मिथुनलाई भाग्यले साथ दिने, वृश्चिकलाई कमजोरी सच्याउने मौका

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’

हिमालयन औराद्वारा नि:शुल्क कम्प्युटर तालिम सञ्चालन

प्रतिक्रिया