गर्भ बसेपछि प्रेमी फरार, परिवारले अस्वीकार गरेपछि सुत्केरीको बेहाल

नेपालगञ्ज : २१ दिने सुत्केरी छोरी र नातिनीको स्वास्थ्यमा समस्या आएपछि डुडुवा गाउँपालिका- ५ डलैपुरकी हस्ती बराल समस्यामा छिन् । २१ दिन पहिला भेरी अञ्चल अस्पतालमा नातिनीलाई जन्म दिएकी उनकी छोरी आकृती बराल (नाम परिवर्तन) ले प्रयाप्त आहाराको अभावका कारण स्वास्थ्य समस्या देखिएको हो ।
उनलाई बेला बेला मुर्छा पर्ने र शरिर पुरै सुन्निने जस्ता समस्या देखिन थालेको छ । एउटै विद्यालयमा अध्ययन गर्ने साथीसँगको माया प्रेमको सम्बन्धबाट गर्भवती भएकी स्मृती बराल हाल १८ वर्ष पुगेकी छन् । गर्भवती भएको कुरा जानकारी पाएदेखि फरार रहेका उनका प्रेमी सन्तोष बलामी मगर हाल भारत गएका छन् ।
सन्तोषका परिवारले छोरा घर नभएको भन्दै अस्वीकार गरेपछि सुत्केरी अवस्थामा रहेकी आकृती अलपत्र परेकी छिन् । आमा हस्तीका अनुसार गाउँकै विद्यालयमा अध्ययन गर्ने दुवैबीच प्रेम सम्बन्ध रहेछ, सन्तोषले विवाह गर्ने बचन दिएर शारीरीक सम्बन्ध राखे । सम्बन्धपछि उनको गर्भमा सन्तोषको बच्चा बस्यो यो कुरा सन्तोषलाई जानकारी गराउँदा आवश्यक सल्लाह दिनुको साटो बहाना बनाएर उनी भागेका थिए ।
सुत्केरी हुनु पहिले सम्पर्क गर्दा तिहार मनाउन आउने जस्तो कुरा गरेका सन्तोष सुत्केरी भएपछि धेरै पटक मोबाइलमा सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा आएका छैनन् । शारीरीक अपांगता भएकी हस्ती ज्याला मजदुरी गरेर जेनतेन परिवार पाल्दै आइरहेकी थिइन । लकडाउनका कारण अहिले त्यो पनि बन्द छ । आर्थिक अभावको ठुलो मारमा परेकी हस्ती ११ वर्ष पहिले श्रीमानले छोरा, छोरीलाई हस्तीको काखमा छाडी कान्छी श्रीमती लिएर भारतमा छिरेका थिए । उनी अहिलेसम्म फर्केका छैनन् ।

जब हृदयन्द्रको जुम्ला यात्राले सामाजिक सञ्जाललाई मोहित बनायो...

इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ

ट्याङ्करले ठक्कर दिँदा सात जना घाइते

पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

सिन्धुलीमा रुखले किच्दा दुई जनाको मृत्यु, तीन घाइते
चक्रे मिलनसहित १९ जनालाई गुण्डागर्दीको अभियोगमा म्याद थप

प्रतिक्रिया