प्रतिनिधिसभाको आजको बैठक शोक प्रस्ताव पारित गरेर स्थगन

काठमाडौं - प्रतिनिधिसभाको आजको बैठक शोक प्रस्ताव पारित गरेर स्थगन भएको छ । प्रतिनिधिसभा सदस्य मन्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक स्थगन भएको हो ।
६० वर्षीय शर्माको उपचारका क्रममा आइतबार बिहान अन्सारीको निधन भएको सभामुख देवराज घिमिरेले जानकारी दिए । जनता समाजवादी पार्टीले संसदलाई उपलब्ध गराएको जानकारी अनुसार अन्सारीको निधन आज बिहान ७ बजेर ५५ मिनेटमा मीनभवनस्थित सिभिल अस्पतालमा हृदयघातका कारण निधन भएको हो ।
वि.सं. २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी ०७९ चैत १९ गते प्रतिनिधिसभा सदस्य बनेकी थिइन् । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको ०७९ फागुन १३ गते निधन भएपछि रिक्त स्थानमा उनी सांसद बनेकी थिइन् ।
आजको संसद् बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची थियो ।
यस्तै, आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफललाई अघि बढाउने सम्भावित कार्यसूची रहेको थियो । तर‚ उक्त विषय कार्यसूचीबाट हटाइएको छ । जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट समानुपातिक सांसद बनेकी अन्सारीको निधनपश्चात् शोक प्रस्ताव पारित गर्दै बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगन भएको छ ।

निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित

खानेपानीलाई सबैको पहुँचमा पुर्याउन मन्त्रालय प्रयासरत छ : मन्त्री यादव

निजी विद्यालय नियमनको माग

राष्ट्रियसभा: प्रस्ताव स्वीकृत

बिपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सरकारले तयारी गर्नू : सभापति थापा

अर्थ समितिको आन्तरिक उत्पादन प्रवद्र्धन हुने गरि करका दरमा निर्णय लिन सरकारलाई …

संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सरकार गम्भीर छः गृहमन्त्री ले…

प्रतिक्रिया