गण्डकीका प्रदेश प्रमुख भट्टद्वारा पदभार ग्रहण

कास्की- गण्डकीका नवनियुक्त प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो पदभार ग्रहण गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डिल्लीराज भट्टलाई गण्डकीको प्रदेश प्रमुख नियुक्त गरेका थिए । गत फागुन २८ गते नियुक्त भएका प्रदेश प्रमुख भट्ट शनिबार पोखरा आएर आज पदभार सम्हालेका हुन् ।
सो अवसरमा उनले संविधानको पूर्ण कार्यान्वयनका लागि दत्तचित्त भएर लाग्ने बताए । उनले भने, 'संविधान र कानुन पालना र कार्यान्वयनका लागि दत्तचित्त भएर लाग्नेछु ।'
उनलाई गण्डकीका मुख्यमन्त्री, मन्त्रीसहित सभामुख, विपक्षी दलका नेताहरूले स्वागत गरेका थिए । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालसम्म सरकारले गरेका कामका बारेमा प्रदेश प्रमुखलाई जानकारी गराएका थिए । गण्डकीको संस्थापक प्रदेश प्रमुख बाबुराम कुँवर हुन् । यसपछि अमिक शेरचन, सीता पौडेल र पृथ्वीमान गुरुङले गण्डकीको प्रदेश प्रमुखका रूपमा नेतृत्व प्रदान गरेका थिए ।

पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

हलगोरु पाल्ने १७८ किसानले पाए पोषणभत्ता

मुस्ताङको स्याङमा उन्नत गाई पालन फस्टाउँदै
_8Og4xLSXmN_us9gqraqhqvp7iwft5xdtagbjhtpv1pfblmcytvjrbnfnnuvtomujikd1jnt_DcJB0IfXw5_ujcpulkri1a01lcmckhz3dng7f9h4xutdnxwxzgdm5zgkx1w0bx4oncoiaxy.jpg)
ट्र्याक खुलेको १४ वर्षपछि दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति

कालीगण्डकी तर्न साँघुको भर

आकर्षणको केन्द्र बन्दै छहरे झरना

प्रतिक्रिया