स्टालिनपछि लामो समय सत्तामा रहने नेता बने पुटिन, रुसी राष्ट्रपतिमा जित पक्का

काठमाडौँ- रुसको राष्ट्रपतिमा पुन: भ्लादिमिर पुटिनको जित सुनिश्चित भएको छ । आधाभन्दा बढी मतगणना हुँदा पुटिनले ८७.३ प्रतिशत मतसहित अग्रता बनाएको रुसको केन्द्रीय निर्वाचन आयोग (सीईसी)ले जनाएको छ ।
पोलस्टर पब्लिक ओपिनियन फाउन्डेसन (एफओएम)को एक एग्जिट पोलबाट पुटिनले ८७.८ प्रतिशत भोट पाउने देखिएको सीएनएनले उल्लेख गरेको छ ।
कम्युनिष्ट पार्टीका निकोलाई खारिटोनोभ, लिबरल डेमोक्र्याटिक पार्टीका लियोनिद स्लुत्स्की र न्यु पिपुल्स पार्टीका भ्लादिस्लाव दाभान्कोभ राष्ट्रपति निर्वाचनमा उठेका थिए । उनीहरू क्रेमलिनद्वारा समर्थित हुन् ।
जितपछि पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन् । ३ दशकदेखि शक्तिमा रहेका पुटिन जोसेफ स्टालिनपछि रुसमा सबैभन्दा लामो सत्तामा रहने नेता हुन् ।

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_afMnwqnG2q_hdtee7gxhxeuuaiszeb7zbcuvdcu7wwfm7vpfqna50acjic3by611wypin90.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया