ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

सर्लाही- सर्लाहीको बसबरिया गाउँपालिका–३ मा भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । बसबरिया गाउँपालिका–३ का दिनकर रायको प्रदेश २–०२–००१ त ०४३५ नम्बरको ट्र्याक्टर खेतमा काम गरेर फर्किंदा बसबरिया गाउँपालिका–३ कोठिहारस्थित नहरमा आइतबार साँझ करिब ७ बजे पल्टिँदा ट्र्याक्टरका चालक बसबरिया गाउँपालिका–३ का १९ वर्षीय पुजेरी माझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एव प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारूले जानकारी दिए ।
उनका अनुसार बसबरिया गाउँपालिका–३ कोठिहारस्थित नहरमा ट्र्याक्टर पल्टिँदा ट्र्याक्टरका चालक माझीको ज्यान गएको र ट्र्याक्टरमा सवार ट्र्याक्टर धनी बसबरिया गाउँपालिका–३ का अन्दाजी ५० वर्षीय सञ्जीवकुमार यादव सकुशल रहेका छन् ।
ट्र्याक्टर धनी यादव फरार रहेका छन् । दुर्घटनामा संलग्न ट्र्याक्टर इलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा रहेको र शवलाई शवपरीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा, सर्लाही पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक थारूले जानकारी दिए ।

सिरहामा एक युवकको शव फेला, हत्याको आशंका

सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबारका भन्सार छलीका सामान बरामद

बारामा ४३ लाख राजश्व छलीको सामानसहित ट्रक बरामद

लागू औषधसहित स्याङजाका मगर गौरमा पक्राउ

स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

तीन सय १९ किलोग्राम चरेससहित ट्रक चालक पक्राउ

प्रतिक्रिया