रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान

गुल्मी - रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा तीन उडान हुने भएको छ । यसअघि नेपाल एयरलाइन्सले बुधबार र शुक्रबार गरी दुई दिन उडान हुँदै आएकोमा अब सोमबार पनि सोही एयरलाइन्सले उडान भर्न लागेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।
रेसुङ्गा नगरपालिकाका प्रमुख खिल्धवज पन्थीले यात्रुको चाप बढेकाले नेपाल एयरलाइन्ससँग समन्वयमा एक उडान थप गरिएको बताए । “यात्रुको चाप बढेपछि थप एक उडान सुरु गर्न लागिएको हो । आगामी दिनमा यात्रुको चापका आधारमा थप उडानबारे एयरलाइन्ससँग आवश्यक समन्वय गरिनेछ”, उनले भने ।
नेपाल एयरलाइन्सको १८ सिट क्षमताको जहाजले प्रत्येक साताको बुधबार र शुक्रबार बिहान काठमाडौँ-रेसुङ्गा-काठमाडौँ उडान गर्दै आएको छ । काठमाडौँ-रेसुङ्गा लागि रु सात हजार दुई सय ८० र रेसुङ्गा-काठमाडौँ रुटका रु सात हजार ८० भाडादर निर्धारण गरिएको छ । रेसुङ्गा विमानस्थल सदरमुकाम तम्घासबाट पाँच किलोमिटरको दुरीमा पर्छ ।
रासस

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया